Saturday, February 13, 2016

एउटा प्रयास: पुनर्स्थापनको लागि ...

 रोमा फाउन्डेसन नेपालको पुनर्स्थापना कार्यक्रम अन्तर्गत महभूकम्प तथा जीवनमा आइपर्ने अनेक बिपद्दले  गर्दा आर्थिक ,सामाजिक तथा संस्कृतिक रुपमा "अपाङ्ग" जीवन जिउन बाध्य नेपाली नागरिकहरुलाई राहत स्वरुप आत्मबल बढाउने, दया होइन अवसर दिएर, पारिवारिक बातावरणमा पुनर्स्थापित गराई उपयुक्त रोजगार प्रदान गरि उनीहरुको बाकि जीवन सरली करण हुने कार्य संचालन हुनेछ । "अपाङ्ग" नेपाली नागरिकहरुलाई  पुनर्स्थापन क्लिनिक मार्फत पुनर्स्थापित गराइने  छ ।

बिशेषगरि अति अशक्त तथा पुर्ण अशक्त अपाङ्गता भएका ब्यक्तिहरु,जेस्ठ नागरिकहरु  जो चौविसै घण्टा दिसा पिसावको आहालमा जीवन गुजार्न बिबस छन  उनिहरुलाई निरन्तर एक जना सहयोगी आवश्यक हुञ्छ । यसका लागि पुनर्स्थापना क्लिनिकबाट सहयोगीहरु खटिने छन 




"अपाङ्ग" भैकन पनि म अहिले एउटा कलाकारको रुपमा पुनर्स्थापित भएकी छु । अपांगता चाहेर हुने होइन । तपाई तथा तपाईका आफन्त र साथिभाइ जुनसुकै बेला पनि दुर्घटना तथा अन्य कारण अपाङ्ग हुन सक्छन ।  भविष्यमा यो कार्यक्रम तपाईका लागि पनि सहयोगी बन्न सक्छ । अपांगता हुनबाट सचेत हुदै अपाङ्ग जीवन जिउन बाध्य नेपाली नागरिकहरुलाई सहयोग गर्न इच्छुक सबै व्यक्ति र संघसंस्थाहरूलाई हार्दिक अनुरोध गर्दछु 



सम्पूर्ण गतिबिधि  अफिसियल फेसबुक पेज  तथा  न्यूज अभियान डट कम मार्फत सार्वजनिक हुने छ   
सहयोग तथा सहकार्यका लागि 
रोमा फाउन्डेसन नेपाल
लाजिम्पाट, काठमान्डौ 
सम्पर्क इमेल: romaneupane@gmail.com
सम्पर्क फोन 9851001169 SMS only 
पुनर्स्थापना कार्यमा तपाइले गर्न सक्ने अन्य सहयोगहरु 
पांच जना व्यक्तिलाइ रोजगारी दिन सक्ने अवस्थामा हुनुहुन्छ भने एक जना अपांगता भएका व्यक्तिलाई योग्य बनाइ रोजगारी दिनुहोस्।

अपाङ्गता भएका बालबलिका तथा युवालाई शिक्षा,सहायक सामाग्री  तथा तालिमको लागि आर्थिक सहयोग, संपर्क, सिफारिस जस्ता कार्यमा सहयोग पुर्‍याउनुहोस्।

अपाङ्गता भएका ब्यक्तिको आत्मबलबढाउने साथै दया होइन, अवसर दिनुपर्छ भन्ने भावनात्मक परिवर्तनको लागि उपयुक्त ठाउँमा भन्ने,लेख्ने कार्य गर्नुहोस्।

अपाङ्गता भएका ब्यक्तिले कुनै ठाउँमा पुग्न कठिनाई महसुस गर्छन् भने सघाउनु होस् ।

अपाङ्गता माथि खिसिट्य्रि,होच्याउने र हास्य गर्ने प्रव्रित्ती गर्दै नगरनुहोस्।

अपाङ्गता भएकाहरुलाई सभ्य भाषा प्रयोग गर्नुहोस्।

दृष्‍टिबिहिनहरु सामान्य रुपमा छापिएका कुरा पढ्न नसक्ने हुँदा पढेर सुनाउने तथा आवश्यक परे लेखेर सहयोग गर्नुहोस्

तपाइको २४ घण्टा मध्ये आधी घण्टा.......एक हप्ता मध्ये  आधि दिन अनि एक महिनामा एक दिन मात्र पनि पुनर्स्थापना क्लिनिकको लागि छुट्याउनु भयो भने तपाइको जीवन सार्थक हुने छ । अहिले तपाइँ पूर्ण रुपमा  सबल र सपाङ्ग नै हुनु हुञ्छ भने पनि एक दिन त तपाई बुढो भएर अपांगता भै तपाइलाइ पनि सहयोग चाहिने हुन्छ  होइन र ?।

Wednesday, February 10, 2016

सुसिल'दा लाइ श्रद्धान्जली स्वरूप भिडियो सियर गरे..मान्छे नमर्ने शहर हुदैन....

काठमान्डौ । पुर्व प्रधानमन्त्री र संविधानका निर्माण गर्ने अग्रज नेता सुशील कोइरालालाइ श्रद्धान्जली ब्यक्त गर्न म उहाँको निवास, पार्टी कार्यालय,रंगशाला वा पशुपति कतै जान सकिन तर श्रद्धान्जली स्वरूप यी  भिडियो हरु सियर गरे ।

एउटा भिडियो कलाकारहरुको तर्फबाट गत बैसाख १२ गते मिर्त्यु भएका व्यक्तिहरुको सम्झानामा १३ औ दिनमा गरिएको श्रद्धान्जली तथा मैनबत्ती प्रज्ज्वलनको हो ।

एउटा भिडियो बहाराइनमा भएको मेरो प्रस्तुतिको भिडियो हो जुन प्रस्तुति दिइरहेका म  सच्चिक्कै मेरो जीवनकै दु:खको क्षणमा थिए ।

एउटा भिडियो २०७३ असोज ३ गते राष्ट्रिय नाचघरमा बेलुकी चार बजे भएको प्रस्तुति हो । ठिक तेही दिन तेही समयमा उनै सुसिल'दाको नेतृत्वमा नेपालमा नयाँ संबिधान घोषणा भएको थियो ।    

सरल नेताको शालीन महाप्रस्थान वास्तवमै उत्कृष्ट लाग्यो मलाइ त  । म पनि यस्तै खालको मिर्त्यु चाहान्छु । अर्थात मेरो प्राण जानु अघि मलाई कुनै शारीरिक दुख कष्ट नहोस उपचारकाका नाममा मेरा आफन्तको केहि खर्च नहोस ।
मैले स्वदेश वा बिदेशका प्राय सबै शहरहरु  र अस्पतालहरु देखिसकेको छु । मेरो अशक्त अवस्थामा मैले अस्पताल जान नपरोस ।  स्वर्गबास हुनु अघि  कुनै दुख कष्ट नपाइ चाडै स्वर्गको वास पाउनु भनेको थोरै भाग्यमानिहरुको लागि मात्र  हो । मलाई तेही भाग्यमानिहरु सुचीमा पर्ने इच्छा छ ।
         




Monday, February 8, 2016

गुमेको खुट्टा कसरि पलाउछ र ? मेरो दर्शकको माया यो बालकलाई....

काठमान्डौ । सडक दुर्घटनाका कारण मेरो एउटा खुट्टा गुमेको हो । मेरो बायाँ खुट्टा कम्मर देखि नै छैन ।
रत्ननगर महोत्सवमा मेरो प्रस्तुति हेरी मलाई माया गर्ने एक दर्शकले मेरो अर्को खुट्टा पनि भएको तस्विर बनाइ मलाइ पठाउनु भयो । दर्शकको यो माया एक खुट्टा र एक हात नभएको बालकलाइ समर्पण गर्दैछु...
२०६२ सालमै मलाई कृतिम खुट्टा हाल्न सहयोग गरेका थिए । कम्मर देखि नै नभएकोले अफ्ट्यारो हुने रछ र केहि वर्ष पछी मैले सहयोगमा पाएको कृतिम खुट्टा प्रयोग गर्न छोडे । काटिएको केहि भाग रहेमा कृतिम खुट्टा हालेर सजिलै हिड्न सकिन्छ । 

नेपालमा हरेक दिन कुनै न कुनै दुर्घटनाका समाचार आइरहन्छन् । दुर्घटना पछी अस्पताल आएकाहरु मध्ये कतिका हात खुट्टा नै काट्नु पर्ने हुन्छ । अनि कतिलाई सहायक सामग्रीको आवश्यकता पर्छ । अंग काटिए पछी कृतिम हात खुट्टा जडान गर्न कति खर्च लाग्छ, तथा त्यस्ता सहायक सामग्रीको कति मूल्य पर्छ ? अनि काटिएको अंग सहित बाँकी जीवन जिउन कति कठिन हुन्छ भन्ने समाचार खासै आउदैन । 


कृतिम अंग बनाउने सामाग्रीहरु नेपालमा उत्पादन नहुने र विदेशबाट मगाउनु पर्ने र अत्यन्त महँगो हुने गर्दछन ।


रत्ननगर महोत्सवमा मेरो प्रस्तुति हेरी मलाई माया गर्ने एक दर्शकले मेरो अर्को खुट्टा पनि भएको तस्विर बनाइ मलाइ पठाउनु भयो । दर्शकको यो माया एक खुट्टा र एक हात नभएको बालकलाइ समर्पण गर्दैछु... उनलाई म Roma Foundation नेपाल मार्फत कृतिम खुट्टा हाल्नको लागि सहयोग गर्नेछु । दैनिक १३-१४ घण्टा लोडसेडिंग हुने देशमा पनि  करेन्ट लागेर सागर खड्काको गत भाद्र २० गते एक खुट्टा र एक हात गुमेको छ .....गुमेको अंग त अब पलाउदैन । उनलाई सामाजिक पुनर्स्थापन गर्ने दायित्व म लगायत हामि सबैको हो
सागरको कृतिम खुट्टा जडान गर्न नाप जांच हुदै 
 ....................  

Friday, January 1, 2016

सम्भव, नेपाल संस्करण २०१६

न्युज अभियान डटकम  मुख्य मिडिया पार्टनर तथा  रोमा फाउन्ड़ेशन नेपालको आयोजनामा फरक क्षमता भएका व्यक्तिहरुको अन्तराष्ट्रिय सम्मेलन "सम्भव,नेपाल संस्करण २०१६" आयोजना हुने भएकोले उक्त सम्मेलनमा सहाभागी हुन इच्छुक नेपालि नागरिकहरुलाई सहभागीताको लागि अनुरोध गरिएको छ ।      
बिस्तृत जानकारीका लागि सम्पर्क :
सम्भव,नेपाल संस्करण २०१६को सचिवालय 
चिरन्जीवी पोखरेल -9851001169 -SMS Only
फोन:- ४२६९९४१
न्यूज अभियान डट कमको कार्यालय,
अनामनगर,काठमाण्डौं ।

Saturday, September 12, 2015

बाह्र बर्ष देखिको यात्रा अझै जारि छ ...

मलाइ एउटा मात्र खुट्टा भएको तर पनि Dance गर्ने कलाकारको रुपमा चिन्छन्  घाउ घरमा देउसी भैली, पिकनिक अनि त्यस्तै मौका पाउन साथ Dance गर्थे , अरुलाई देखाउन होइन आफै खुसि हुन, आफै खुसि हुन खोज्दै थिए... अनि नाच्दै थिए .. मेरो एउटा खुट्टा गुम्यो...       
 दुध  फाट्यो भने त्यस्ता व्यक्ति मात्र चिन्तामा पर्छन जसलाई पनिर् बनाउन आउदैन ....हो मेरो लाइफको  दुध  पनि फाटेको थियो .. त्यो पनि ८ बर्षको कलिलो उमेरमा.........................तर मैले मेरो फाटेको लाइफलाइ मिठो पनिरको रुपमा रुपान्तरण गरे मेरो बाह्र बर्ष देखिको यात्रा अझै जारि छ मैले मेरो व्यक्तिगत यात्रालाई संस्थागत गरेको छु  अहिले ...  

Sunday, September 6, 2015

तिजको लहर आयो बरी लै.....

काठमान्डौ । तिजको लहर फेरि आएको छ ।  तीजमा दिदीबहिनीहरु आफ्ना मनमा भएका  दुःख–सुखका कुरा एक–आपसमा बाँडेर  मानसिक रुपमा हलुका हुने गर्दछन । यसरी मानसिक रुपमा हलुका भइसकेपछि फेरि संघर्ष गर्ने उर्जा प्राप्त हुन्छ । म पनि ‘तीजमा नाँच्छु, हाँस्छु, रमाएरै तीज मनाउँछु ।’ यो बेलामा दिदीबहिनीहरुको कार्यक्रममा सहभागिताका लागि बढी निमन्त्रणा आउने गर्छ ।

गाउँ स्तरका नेपाली दिदीबहिनीहरुमा अझै चेतना आइसकेको छैन । तिजको निमन्त्रणा आउदा म आफु कहिल्यै नगएको ठाउँलार्इ पहिलो रोजाइमा राख्छु । किनकि नृत्य क्षेत्र भनेको मनोरञ्जन गर्नेमात्र क्षेत्रमात्र होइन, नृत्यबाट चेतना पनि बाँड्न सकिन्छ । गत गएको हप्ता मुस्ताङ्ग जिल्लामा भएको कार्यक्रम  गएको थिए ।

लालित ब्युटिशियन सहकारी सस्थाले आयोजना गरेको माइती मेला तथा सम्मान कार्यक्रमको भोलि पल्ट म पोखरा हुदै मुस्तांग पुगे ।  कार्यक्रमको शिलसिलामा करिब २०-२२ वोटा देश गए होला  तर आफ्नै देशको हिमाली जिल्ला मुस्तांग गए जस्तो गौरव र खुसिको महसुस कहिले भएको थिएन.. साच्चै  एकदम खुसि र गौरवको महसुस भएको थियो । यार्तुङ्ग मेला अवलोकन तथा मुक्तिनाथको दर्शनले मनलाई खुसि बनायो । 

धन्यबाद जनप्रिय युवा क्लब जसले मलाई हिमाली जिल्लामा पनि कार्यक्रम देखाउने अवसर जुटाइदियो । रक्षा बन्धनमा  पहाडी–हिमाली दाजु भाइहरुको साथमा रहेर सम्पूर्ण नेपाली दाजुभाइहरुलाई शुभकामना दिन पाएँ । मुस्ताङको मिठो मुस्कान पछि पालुङ्ग जेसिस क्षेत्र ख सम्मेलनको न्यानो आतिथ्य ग्रहणको लागि निमन्त्रन आयो ।

यस बीचमा काठमान्डौ पोस्टले Inspiring and interesting भनेर मेरो पनि स्टोरी लेख्यो । लालीगुराँस राष्ट्रिय कलेजका चार हजार विद्यार्थीहरुले "नाइँ नभन्नु ल" भने पछी त्यहाँ पनि जानै पर्यो । सिर्जना दिदिको "महिलाका निम्ति महिला मंच" को कार्यक्रममा  तथा ,पालुङ्ग जेसिस क्षेत्र ख सम्मेलनमा सम्मानित भए .....  आफ्नो प्रस्तुति त छदै थियो...धन्यवाद छ सब्बै लाइ ...
डाफे झैँ नाच्ने.... हिमाल झैँ हास्ने ......


अस्ट्रेलियाका  कार्यक्रम तथा फोटोहरु

२०७० सालको तिज 

नेपाली महिला समूह बेल्जियमको कार्यक्रम तथा फोटोहरु
तिजको लहर आयो बारी लै.....



Sunday, August 16, 2015

मेरो प्रेरणाले उनि सुनिता बाट डा.सुनिता बनेकी छिन

काठमाण्डौ । गाउँमा बस्ने सुनिता एक सडक दूर्घटनबाट अपाङ्ग भइन र बैशाखी टेक्न थालिन । बिहे गरिसकेकी उनि जव बैसाखीमा हिड्न बाध्य भइन काठमाण्डौ । घर परिवार र श्रीमानले समेत हेला गर्न थाले पछी आफ्नो भाग्यलाई नै धिकार्दै उनि आत्मा हत्या गर्न भिर बाट हाम फाल्नै लाग्दा मेरो बुवाले देख्नु भएछ । बुवाले उनलाई काठमान्डौ ल्याउनु भयो । त्यस पछी मेरो प्रेरणाले उनि सुनिता बाट डा.सुनिता बनेकी छिन । उनि अहिले त्यहि गाउँको अस्पतालमा कार्यरत छिन ।    

Sunday, August 9, 2015

म पैसा माग्न आएको होइन.........

यो बन्द, हड्तालले त हैरान पारि सक्यो टेली फिल्म हरिबहादुर मदन बहादुर मार्फत म नेताहरुलाई भेट्न गएको त  मलाई त दुइ चार रुपिया दिएर पठाई देउ........ पो अरे ..... म पैसा माग्न आएको होइन नेता ज्यु म त भय रहित वातावरणमा संबिधान सभाको चुनाव र संबिधान सभा मार्फत नयाँ संबिधान माग्न आएको हो  हेर्नुस भिडियो हरिबहादुर मदन बहादुर  भाग -३ 


Sunday, August 2, 2015

जीवन सुन्दर छ र यसलाई सुन्दर बनाउने हामीले आफैले हो...

काठमाण्डौ । जीवन सुन्दर छ र यसलाई सुन्दर बनाउने हामीले आफैले हो । मात्र खाचो छ, सकारात्त्मक सोचको । यो सुन्दर जीवन मा हाँसेर बाच्नु पर्छ । जसले संघर्ष गर्छ त्यो नै हो उचाइमा पुग्ने ।
"इस्यु ओफ द डे.. जीवन सुन्दर छ विशेष" भाग-१ 
"इस्यु ओफ द डे.. जीवन सुन्दर छ विशेष" भाग-२ 
     

Sunday, June 14, 2015

मेला महोत्सव आठौ गोरखा महोत्सव...

आठौ गोरखा महोत्सवमा मेरो प्रस्तुति  भिडियोको लागि  राजेश्वर ढकाल /एनक्युखबर डटकमलाइ धन्यबाद



आमा ! म जस्तो अपांगलाई कसले बिहे गर्छ ?

काठमाण्डौ । बुवा आमा अनि हामि सात जना दिदि बहिनी थिएम घरमा । एउटा भाइ... दाइ थियिम भाइ त सानै थियो तर हामि सबै जना ठुला भैसकेका थिईम । हाम्रो जेठी दिदिलाइ एक जनाले मन परायो । उ संग दिदिको बिहे पक्का पनि  भयो  । दिदि बिहे गरेर आफ्नो घर जान लागि     संगै हुर्केका हामि एक दिदिले छोडेर जान लाग्दा सबै जना  निराश भाईम  .... आमा त झन रुन थाल्नु भयो र रुदै भन्न थाल्नु भयो " तिमिहरु सबै जना एक दिन बिहे गरेर गइ हाल्छौ म बुढी एक्लै हुने भए.... आमालाइ सम्झाउदै मैले भनेको थिए " आमा ...अरु छोरीले छोडेर गए पनि म त सधै तपाई संगै त हुने छु नि... आखिर म जस्तो एउटा खुट्टा नभाको अपांगलाई कसले बिहे गर्छ र ?
अनि त्यस पछी के भयो त   बाँकी  भिडियो नेपाली चलचित्र मैदान         
   


रोमे.... रोमे" .............. बाहिर बाट आएको आवाजले म झसंग भए ओफ .. कस्तो ढिलो  सम्म सुतिएछ अनि. छ्या कस्तो सपना देखेको  मैले" .. २०५७ मङ्सिर तिरको कुरा होला  त्यस दिन  माथ्लो घरमा माइलीको बिहे थियो, चतरा बाट जन्ती आउने रे भन्ने सुनेको थिए........... (बाकि कथा लेखन तथा छायांकन हुदैछ है )